दफा १०
कार्यक्रमलाई सवलीकरण गर्न

१०. कार्यक्रमलाई सवलीकरण गर्न र कार्यरत जनशक्तिको कार्यदक्षता बढाउन तालीम, अनुसन्धान, स्वानुगमन एवम् प्रवर्तनकार्यलाई समावेश गरिनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ प्रत्येक खाले अनौपचारिक शिक्षा कार्यक्रममा अनुसन्धान एवम् प्रवर्तनलाई आबद्ध
गरिनेछ ।
♦ अनौपचारिक शिक्षा केन्द्रले आफ्ना र अन्य संस्थाहरूले सञ्चालन गरेका अनौपचारिक शिक्षा कार्यक्रमहरूमा अनुसन्धान तथा प्रवर्तनलाई अनिवार्यरूपले आबद्ध गराइनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ अनुसन्धान एवम् प्रबर्तन कार्यलाई अनौपचारिक शिक्षा कार्यक्रमका विभिन्न तहमा आबद्ध गर्ने ।
♦ परिचालक, सहयोगीकार्यकर्ता÷शिक्षकको कार्यक्षेत्र भित्रै अनुसन्धान एवम् प्रवर्तनलाई समावेश गर्ने ।
♦ प्राप्त अनुसन्धान एवम् प्रवर्तनको नतिजा विश्लेषण गरी नीति, कार्यनीति, कार्यक्रम, पाठ्यक्रम, पाठ्यसामग्री, तालीम आदिमा समयानुकूल संशोधन गर्ने ।